“यी नेताहरू सबै फटाहा हुन…” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।

19 September , 2011 — Dilip Acharya
“हो त नि… कसैले केही गर्ने हैनन् …सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।
“एउटा- दुईटा मात्रै हैनन् … के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।
“के गर्नु… कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।
“हैन यो लाइन पनि कत्ति ढिला बढेको…२ घण्टा घाममा उभ्भिदा- उभ्भिदाँ खुट्टै दुखी सक्यो …” लाममा पछाडि रहेका एकजना बुढा बा ले भने: “…आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।
जस- अपजस
आकस्मिक कक्षमा भर्ना हुन आएको बिरामीलाई सकुशल बिदा गर्दै चिकित्सकले बिरामीका परिवारलाई रोगको जटिलता बताए । “आधा घन्टा मात्रै ढिला भएको भए पनि ज्यानको खतरा थियो …” “…समय रहँदै आई पुगेकोले हामी बिरामीलाई बचाउन सफल भयौँ”
सात दिन देखि अस्पतालमा भर्ती भएको बिरामीको अचानक मृत्यु हुन्छ । “के गर्नु….उपचारमा त कुनै कसर छाडेका थिएनौ तर मर्ने र बाँच्ने त कहाँ हाम्रो हातमा छ र ! “ तीनै चिकित्सकले बिरामीका परिवारलाई सान्त्वना दिन्छन् ।

0 Response to "दुई सुत्रकथा ! 19 September , 2011 — Dilip Acharya"
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- दुई सुत्रकथा ! 19 September , 2011 — Dilip Acharyaको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code