Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

दुई सुत्रकथा ! 19 September , 2011 — Dilip Acharya

“यी नेताहरू सबै फटाहा हुन…” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।
जनता र नेता
“हो त नि… कसैले केही गर्ने हैनन् …सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।
“एउटा- दुईटा मात्रै हैनन् … के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।
“के गर्नु… कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।
“हैन यो लाइन पनि कत्ति ढिला बढेको…२ घण्टा घाममा उभ्भिदा- उभ्भिदाँ खुट्टै दुखी सक्यो …” लाममा पछाडि रहेका एकजना बुढा बा ले भने: “…आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।
जस- अपजस
आकस्मिक कक्षमा भर्ना हुन आएको बिरामीलाई सकुशल बिदा गर्दै चिकित्सकले बिरामीका परिवारलाई रोगको जटिलता बताए । “आधा घन्टा मात्रै ढिला भएको भए पनि ज्यानको खतरा थियो …” “…समय रहँदै आई पुगेकोले हामी बिरामीलाई बचाउन सफल भयौँ
सात दिन देखि अस्पतालमा भर्ती भएको बिरामीको अचानक मृत्यु हुन्छ । “के गर्नु….उपचारमा त कुनै कसर छाडेका थिएनौ तर मर्ने र बाँच्ने त कहाँ हाम्रो हातमा छ र ! “ तीनै चिकित्सकले बिरामीका परिवारलाई सान्त्वना दिन्छन् ।

0 Response to "दुई सुत्रकथा ! 19 September , 2011 — Dilip Acharya"

  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • दुई सुत्रकथा ! 19 September , 2011 — Dilip Acharyaको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code