फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे ।
मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो ।
समय बित्दै जाँदा दुबैजनालाई अर्कोपक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धिताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक-अर्का प्रतिको आकर्षण, झुकाव र कौतुहलता झन् झन् बढ्न थाल्यो । केही दिन उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् ।
आज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थिए

0 Response to "विपरीतको आकर्षण (लघुकथा) 6 August , 2011 — Dilip Acharya"
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- विपरीतको आकर्षण (लघुकथा) 6 August , 2011 — Dilip Acharyaको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code