- नीमको पात उमालेर त्यसको पानीले अनुहार पखाल्नुस् ।
- आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् । डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले डण्डीफोरमा लाभ हुन्छ । किनभने मुलतानी माटोले छालाको तैलीयता कम गर्छ ।
- बरफको प्रयोगले पनि डण्डीफोरमा आराम पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् । हल्का सुखिसके पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग अनुहारमा नगर्नुस् ।
- चनाको दाल र सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर मोलायम भइसके पछि पेष्ट बनाएर अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म अनुहारमा लगाएर पखाल्नुस् ।
डण्डीफोर प्रायःजसो सबै मानिसमा आउ“छ । यद्यपि उमेर पुग्न लागेको युवा, युवतीलाई बढी मात्रामा डन्डिफोर आउँछ । यसलाई वैंसको संकेत पनि भनिन्छ । युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउँछ । यसले कतिपय युवायुवतीको अनुहारै कुरुप बनाइदिन्छ ।
डण्डीफोर आउँदा खानेकुरा बार्नु पर्छ भन्ने छैन । तर चिल्लो पदार्थ धेरै मात्रामा खाने र राती ढिलोसम्म बस्नाले डण्डीफोर फैलन सहयोग पुग्छ । उमेरले आउने डन्डिफोर एकपटक आउ“छ, हराएर जान्छ । आफैँ हराएन भने चिकित्सकको सल्लाह अनुसार डण्डीफोरको उपचार गर्नेपर्ने हुन्छ । डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चोेर्ने काम गर्नु हुँदैन । यसले गर्दा बिग्रेर अनुहार कुरुप हुन सक्छ ।

आउने कारण
डण्डीफोरबाट कसरी बँच्ने ?
डण्डीफोरबाट बँच्नका लागि सुत्नुअघि तातो पानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने गर्नुपर्छ । बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्छ र सुर्याेदय भन्दा अगाडि नै घुम्न जाने गर्नुपर्छ । त्यस्तै सुत्नुभन्दा अगाडि जैतुनको तेल अथवा जाइफल दुधमा घोटेर लगाउनाले पनि डण्डीफोरको फैलावटका कमी आउने गर्छ । डण्डीफोरबाट बँच्नका लागि बिहानै शौचालय जाने वानी बसाल्नुपर्छ ।
0 Response to "डण्डीफोर | आउने कारण | डण्डीफोरबाट कसरी बँच्ने ?"
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- डण्डीफोर | आउने कारण | डण्डीफोरबाट कसरी बँच्ने ?को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code