Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी :-


अल्सर अहिलेको मानिसहरुमा ग्यास्टीक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्टीक बढ्दै जान्छ ।यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । १. अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ? अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ । खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ । वान्ता गर्दा रगत नै पनि आउन सक्दछ । २. अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ? चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै चार पाँच पटक खाने । खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने । फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ । ३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ? अत्यधिक तातो र चिसो खानेकुरा नखाने । 
पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने । ४. अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु धेरै बेर भोकै नबस्ने । ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने । मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने । राती धेरै बेरसम्म अनिदो नबस्ने । धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने । कालो चियाको प्रयोग बिलकुलै नगर्ने । दिउँसो सुत्ने बानी भएमा पनि हटाउने । ५. अल्सर रोगको आफैले गर्न सकिने उपायहरु शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने । तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने र हाँसेर बस्ने । काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने । स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने । स्रोतः- हाम्रो घरको डाक्टर (घरेलु जडिबुटीबाट रोगको उपचार गर्ने विधि

आजभोली ग्यास्टिक नहुने मान्छे बिरलै हुन्छ यहि ग्यास्टीक एसिडिटी हुन्छ र अल्सर त्यसपछि क्यान्सर सम्म हुन सक्छ ।पित्तलाई बढ़ाउने प्रकुपित गर्ने अन्न (धेरै चील्लो पीरो-मसला भएकोअत्यधिक मद्यपाननयाँ चामल आदि) धेरै समय देखि निरन्तर सेवन गर्नु या धेरै सेवन गर्नाले एसिडिटी हुन्छ । इसके अतिरिक्त कई कारण हैं एसिडिटी बढ़ने केजस्तै : एसिडिटी भएमा चुकीलो बुलुक्क आउनु र छाती पोल्नु हुन्छ ।* ठीक समयमा भोजन नगर्नु । अत: भोजन समय मै गरौं ।* अजीर्ण हुंदा पनि गरिष्ठ भोजन गर्नु । अत: गरिष्ठ भोजनबाट बचौं।* भोजन गरेपछि दिउंसो सुत्नु । अत: दिउंसो सुत्ने कम गरौं या सुत्दै नसुतौं ।* भोज्य पदार्थहरुको भोजनको अतिरिक्त दिनमा अत्यधिक पटक पटक सेवन गर्दै गर्नु ।अत: भोजनलाई नियम निर्धारित गरौं।* अधिक समय सम्म मानसिक रूपले तनावग्रस्त  पनि एसिडिटी बढ़छ ।अत: तनावमुक्त हुने प्रयास गरौं ।* अधिक समयसम्म पटक पटक भवको रहनु ।अधिक समय सम्म खाली पेट रहनु ।

0 Response to "ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी :-"

  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी :-को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code