सिन्धुली, कात्तिक २६ ।
वर्दिबास स्थित साना किसान कृषि सहकारीका अध्यक्ष सुरेन्द्र लामाले आर्थिक हिनामिना गर्दै सञ्चालकलाई उल्टै जेल हालेका छन् । सिन्धुली ढुङ्ग्रेवास घर भई तिन महिनादेखी व्यवस्थापक पदमा कार्यरत आफुलाई झुटा मुद्धामा जेल चलान गरेको सविना वाग्लेले आरोप लगाउनुभयो । एक वर्षको नाबालक शिशु सहित वाग्ले २० दिनदेखी जेलमा हुनुहुन्छ । असार ६ र ७ गते काटिएका ३ लाख ५० हजार रुपैयाँका दुई चेकमा झुक्काएर पटक पटक सही गराएको र बजारवाट विभिन्न सामान सस्थाको नाममा खरिद गरेर आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका ईन्सपेक्टर इकवाल हवारीले वताउनुभयो ।

तर चेक काटिएको ४ दिनपछि २०७० असार ११ गते वाग्लेले नियुक्ती पत्र पाउनुभएको छ भने आर्थिक हिनामिना भएको भनेर हिसाब किताव वुझाउन भन्दै लेखिएको पत्रमा भने अझ वैशाख १ गतेबाट नियुक्ती दिईएको झुटो विवरण समावेस गरिएको छ ।
युवा तथा स्वरोजगार कोषमा प्राप्त विवरण अनुसार असार महिनामा सो ठगी भएको भनिएको पैसा लगानी भएको छ । कोषले वुझाएको रकमले मानबहादुर सार्की, मुन्ना तामाङ, अन्जु तामाङ, हिमबहादुर मोक्तान, डम्बर बहादुर तामाङलाई जनही २ लाखको दरले र भक्तबहादुर बुलनलाई ५० हजार गरेर जम्मा १० लाख ५० हजार बगुंरपालनमा लगानी भएको छ । पिडित वाग्लेका अनुसार अध्यक्ष लामाले तथ्यहिन प्रतिवेदन पठाएर ठगी गर्दै उल्टै राजनैतिक दबावमा आफुमाथी झुटा आरोपमा जेल चलाईएको वताउनुभयो । पैसा हिनामिनाको त परै जावस् एक महिनाको पनी तलब खान पाएको छैन, वाग्लेले दुखेसो गर्नुभयो ।
वाग्लेका श्रीमान खड्ग बहादुर देवकोटाले जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्ना कुरा सुन्नै नचाहेको वताउनुहुन्छ । उहाँ भन्नुुहन्छ सिडियोले राजनैतिक दबाब आएको छ भन्दै मेरो कुरा नै सुन्न चाहनुहन्न । एक निर्दोष व्यक्तिमाथी आरोप थुपारेर ठगी गर्ने व्यक्तिलाई प्रशासन र राजनैतिक दलवाट उल्टै संरक्षण भईरहेको छ । एक वर्षे नाबालक छोरा चिसोका कारण विरामी परेको छ भने श्रीमती वाग्लेको स्वास्थ्य अवस्था पनी दिनानुदिन विग्रदै गएको छ, देवकोटाको भनाई छ ।
युवा तथा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुन्य प्रसाद रेग्मीले सो सस्था अनुसन्धानको घेरामा परेको वताउनुभएको छ । आफुहरुले रकम लगानी भएको प्रतिवेदन पाएको तर काम नभएको उजुरी परेकाले थप अनुसन्धान गरिरहेको र दोषी पाईए कारबाही गर्ने वताउनुभयो । हामीले कसैलाई पनी छाडेका छैनौ, सरकारको लगानी हिनामिना गर्नेलाई जेलनेलसम्मको कारबाही गरिसकेका छौ र छाड्ने पनी छैनौ । पहिलो र दोश्रो किस्ता को २० लाख भन्दा वढी रकम हिनामिना भएको हुन सक्ने भन्दै तेश्रो किस्ता रोक्का गर्न निर्देशन दिईएको पनी रेग्मीले वताउनुभयो ।
स्रोत :खड्ग बहादुर देवकोटा

0 Response to "एकवर्षे शिशुसहित ठगीको आरोपमा महिला पक्राउ"
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- एकवर्षे शिशुसहित ठगीको आरोपमा महिला पक्राउको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code