नेपाल
टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब
तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा
उपलब्ध गराउने भएको छ । सामाजिक दायित्वअन्तर्गत
टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन
महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन
लागेको हो । टेलिकमले
त्यसखालको सेवा त्रिभुवनअन्तर्राष्ट्रिय
विमानस्थलमा सुरु गरिसकेको
छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्ज लगायतका स्थानमा
पनि सो सेवा उपलब्ध भइसकेको छ । त्यस्तै, यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको
सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । टेलिकमले यस वर्ष मुलुकभर करिब ५ सय स्थानमा
हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा
दिन लागिएको हो ।
.jpg)
0 Response to "टेलिकमले निःशुल्क वाइफाई उपलब्ध गराउने-"
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- टेलिकमले निःशुल्क वाइफाई उपलब्ध गराउने-को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code