टेलिकमले निःशुल्क वाइफाई उपलब्ध गराउने- Saturday, 30 November 2013 नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ । सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो । टेलिकमले त्यसखालको सेवा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्ज लगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ । त्यस्तै, यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । टेलिकमले यस वर्ष मुलुकभर करिब ५ सय स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो । नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ । सामाजिक दा... Read More
एकवर्षे शिशुसहित ठगीको आरोपमा महिला पक्राउ Tuesday, 12 November 2013 सिन्धुली, कात्तिक २६ । वर्दिबास स्थित साना किसान कृषि सहकारीका अध्यक्ष सुरेन्द्र लामाले आर्थिक हिनामिना गर्दै सञ्चालकलाई उल्टै जेल हालेका छन् । सिन्धुली ढुङ्ग्रेवास घर भई तिन महिनादेखी व्यवस्थापक पदमा कार्यरत आफुलाई झुटा मुद्धामा जेल चलान गरेको सविना वाग्लेले आरोप लगाउनुभयो । एक वर्षको नाबालक शिशु सहित वाग्ले २० दिनदेखी जेलमा हुनुहुन्छ । असार ६ र ७ गते काटिएका ३ लाख ५० हजार रुपैयाँका दुई चेकमा झुक्काएर पटक पटक सही गराएको र बजारवाट विभिन्न सामान सस्थाको नाममा खरिद गरेर आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका ईन्सपेक्टर इकवाल हवारीले वताउनुभयो । तर चेक काटिएको ४ दिनपछि २०७० असार ११ गते वाग्लेले नियुक्ती पत्र पाउनुभएको छ भने आर्थिक हिनामिना भएको भनेर हिसाब किताव वुझाउन भन्दै लेखिएको पत्रमा भने अझ वैशाख १ गतेबाट नियुक्ती दिईएको झुटो विवरण समावेस गरिएको छ । युवा तथा स्वरोजगार कोषमा प्राप्त विवरण अनुसार असार महिनामा सो ठगी भएको भनिएको पैसा लगानी भएको छ । कोषले वुझाएको रकमले मानबहादुर सार्की, मुन्ना तामाङ, अन्जु तामाङ, हिमबहादुर मोक्तान, डम्बर बहादुर तामाङलाई जनही २ लाखको दरले र भक्तबहादुर बुलनलाई ५० हजार गरेर जम्मा १० लाख ५० हजार बगुंरपालनमा लगानी भएको छ । पिडित वाग्लेका अनुसार अध्यक्ष लामाले तथ्यहिन प्रतिवेदन पठाएर ठगी गर्दै उल्टै राजनैतिक दबावमा आफुमाथी झुटा आरोपमा जेल चलाईएको वताउनुभयो । पैसा हिनामिनाको त परै जावस् एक महिनाको पनी तलब खान पाएको छैन, वाग्लेले दुखेसो गर्नुभयो । वाग्लेका श्रीमान खड्ग बहादुर देवकोटाले जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्ना कुरा सुन्नै नचाहेको वताउनुहुन्छ । उहाँ भन्नुुहन्छ सिडियोले राजनैतिक दबाब आएको छ भन्दै मेरो कुरा नै सुन्न चाहनुहन्न । एक निर्दोष व्यक्तिमाथी आरोप थुपारेर ठगी गर्ने व्यक्तिलाई प्रशासन र राजनैतिक दलवाट उल्टै संरक्षण भईरहेको छ । एक वर्षे नाबालक छोरा चिसोका कारण विरामी परेको छ भने श्रीमती वाग्लेको स्वास्थ्य अवस्था पनी दिनानुदिन विग्रदै गएको छ, देवकोटाको भनाई छ । युवा तथा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुन्य प्रसाद रेग्मीले सो सस्था अनुसन्धानको घेरामा परेको वताउनुभएको छ । आफुहरुले रकम लगानी भएको प्रतिवेदन पाएको तर काम नभएको उजुरी परेकाले थप अनुसन्धान गरिरहेको र दोषी पाईए कारबाही गर्ने वताउनुभयो । हामीले कसैलाई पनी छाडेका छैनौ, सरकारको लगानी हिनामिना गर्नेलाई जेलनेलसम्मको कारबाही गरिसकेका छौ र छाड्ने पनी छैनौ । पहिलो र दोश्रो किस्ता को २० लाख भन्दा वढी रकम हिनामिना भएको हुन सक्ने भन्दै तेश्रो किस्ता रोक्का गर्न निर्देशन दिईएको पनी रेग्मीले वताउनुभयो । स्रोत :खड्ग बहादुर देवकोटा सिन्धुली, कात्तिक २६ । वर्दिबास स्थित साना किसान कृषि सहकारीका अध्यक्ष सुरेन्द्र लामाले आर्थिक हिनामिना गर्दै सञ्चालकलाई उल्टै जेल हालेक... Read More
बैद्यमोर्चा केही लचिलो--भोली आमहड्ताल, नौ दिन यातायात बन्द Monday, 11 November 2013 Braking News निर्वाचन बहिष्कार कार्यक्रम संचालन गर्दै आएका नेकपा–माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले गर्ने भनिएको दश दिने आम हड्तालको स्वरुप परिवर्तन गरेको छ । मोर्चाको आज सम्पन्न बैठकले एक दिन (भोली) मात्र आमहड्ताल गर्ने र अन्य दिन चौबिसै घण्टा यातायात बन्द गर्ने निर्णय गरेको हो । निर्वाचनलाई प्रभाव पार्ने गरी गर्न लागको आन्दोलनका कार्यक्रमहरु अहिले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गरी गराईने सार्वजनिक गर्ने मोर्चाका संयोजक मणि थापाले जानकारी दिनुभयो । साथै उहाँले जनतालाई मार पर्ने भएकाले आन्दोलनको स्वरुपमा केही परिवर्तन गरिएको कालिका एफएमलाई जानकारी समेत दिनुभयो । Braking News निर्वाचन बहिष्कार कार्यक्रम संचालन गर्दै आएका नेकपा–माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले गर्ने भनिएको दश दिने आम हड्तालको... Read More