Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

मंसिर १५ देखि पुस १४ गतेसम्मको राशिफल - ज्यो. रामानन्द शर्मा



मेष महिना आरोह–अवरोहमा बित्नेछ । खराब सड्डत एवम् अवैधानिक कार्यमा संलग्न व्यक्तिहरूले कष्ट भोग्नुपर्नेछ । विरोधीसँग संघर्ष हुने, अस्वस्थ प्रतिस्पर्धा बढ्ने, वैवाहिक जीवनमा तनाव उत्पन्न हुने, स्वास्थ्य उपचारमा खर्च हुन सक्छ । नकारात्मक सोच पलाउनेछ । कार्य–व्यवसायमा व्यवधान नआउला भन्न सकिन्न, कुटुम्बजनबाट धोका मिल्ने, जोखिमपूर्ण कार्यमा घाटा हुनेछ ।





वृष विविध समस्यासँग जुझ्नुपर्ला यस महिनामा । व्यापार–व्यवसायबाट अपेक्षित लाभ नमिल्ने, घरदेखि टाढा यात्रा हुने, शारीरिक एवम् मानसिक क्षमतामा ह्रास आउने, प्रेमप्रसड्डमा असमझदारी बढ्ने, मान–सम्मानमा धक्का लाग्ने, पढाइलेखाइमा वितृष्णा बढ्ने, सहकर्मीहरूसँग असमझदारी बढ्ने, नास्तिक विचार पलाउने, आर्थिक सड्ढट आइपर्नेछ ।


मिथुन मंसिरसम्म गोचर सप्रिएको छ । कार्यक्षेत्र सफल देखिन्छ । मनोबल उच्च हुने, परीक्षा–प्रतियोगितामा सफलता मिल्ने, प्रतिष्ठित जनबाट सहयोग पाइने, रोजगार प्राप्तिको अवसर मिल्ने, राजनीतिक सक्रियता बढ्ने, एकमुष्ट रकम सड्ढलन हुनेछ । पुस लागेपछि पारिवारिक असमझदारी बढ्ने, व्यापारमा व्यवधान, नास्तिक विचार, अपयश मिल्नेछ ।
कर्कट महिना लाभप्रद छ । सामाजिक एवम् राजनीतिक सक्रियता बढ्ने, विरोधीसँग सम्झौता हुने, हरेक खाले व्यापार–व्यवसायबाट पर्याप्त आम्दानी हुने, शुभ माड्डलिक कार्यको आयोजना हुने, प्रेमप्रसड्डले गन्तव्य पाउने, अचल सम्पत्ति वृद्धि हुने योग छ । वैदेशिक रोजगारको अवसर मिल्ने, शैक्षिक सक्रियता बढ्ने, माड्डलिक कार्य आयोजना हुने, नवीन योजनामा लगानी हुने, भौतिक सुख–समृद्धि बढ्नेछ ।
सिंह मंसिर पर्यन्त किंकर्तव्यविमूढको स्थिति नआउला भन्न सकिन्न । पारिवारिक झमेलाले गर्दा कार्यक्षेत्र नराम्ररी प्रभावित हुने, सन्तान पक्षबाट असन्तोष हुने, मनोबल घट्ने, स्वजनसँग असमझदारी बढ्नेछ । पुस लागेपछि विचाराधीन कार्य–योजनाहरू सम्पन्न हुने, विद्याध्ययनमा प्रगति हुने, साहस–पुरुषार्थ बढ्ने, एकमुष्ट रकम सड्ढलन हुने, विदेश यात्राको अवसर मिल्ने, सम्मान बढ्नेछ ।
कन्या मंसिरपर्यन्त गोचर बलवान् छ । रोजगारमूलक शिक्षाप्रति चासो बढ्ने, भौतिक सुख–समृद्धि बढ्ने, अचल सम्पत्ति वृद्धि हुने, धार्मिक अनुष्ठान एवम् तीर्थाटन सम्पन्न हुने, विपरीतलिड्डीसँग आत्मीयता गाँसिने, मान–प्रतिष्ठा बढ्ने, राजनीतिक सक्रियता बढ्ने, विरोधीमाथि विजयश्री मिल्नेछ । पुस लागेपछि आकस्मिक समस्या आइलाग्ने, डिप्रेसनजन्य रोग बढ्ने, कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
तुला महिना लाभप्रद छ । रोजगार प्राप्तिको अवसर मिल्ने, आरोग्य लाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, प्रतिस्पर्धामा विजयश्री मिल्ने, कृषि–ठेक्कापट्टा–खाद्यान्न आदि व्यवसायबाट पर्याप्त आम्दानी हुने, शुभ माड्डलिक कार्यको आयोजना हुने, सामाजिक सहभागिता बढ्ने, महत्त्वाकांक्षा पलाउने, प्रेमप्रसड्डबाट मन आनन्दित हुने, विवादको टुंगो लाग्नेछ । अविस्मरणीय यात्रा हुनेछ ।
वृश्चिक महिना संघर्षमा बित्नेछ । सहकर्मी एवम् नजदिकी व्यक्तिहरूसँग असमझदारी बढ्ने, दुष्टजनको सड्डतबाट घाटा हुने, घरेलु समस्याले दुःख दिने, वैदेशिक रोजगारमा हन्डर खानुपर्ला, चित्त अस्थिर हुने, स्वास्थ्य उपचारमा खर्च हुने, पठनपाठनमा व्यवधान आउने, नास्तिक विचार पलाउने, कार्य–व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने, भौतिक सुविधाबाट वञ्चित हुनुपर्नेछ ।
धनु विविध समस्यासँग जुझ्नुपर्ला यस महिनामा । आर्थिक अभावले गर्दा कार्यक्षेत्रमा व्यवधान आउने, स्वजनसँग असमझदारी बढ्ने, राजनीतिक क्षेत्रमा अनावश्यक विरोध आउने, निरर्थक घुमफिरमा धन र समयको नोक्सानी हुने, लेनदेनसम्बन्धी कारोबार असफल हुने, शारीरिक एवम् मानसिक पीडा बढ्ने, झुटो आरोप लाग्ने, वैवाहिक जीवनमा तनाव उत्पन्न हुने, मन चञ्चल हुनेछ ।
मकर मंसिरसम्म गोचर शुभ छ । कृषि, वाणिज्य, पर्यटन आदि स्वतन्त्र व्यवसायबाट आशातीत धनलाभ मिल्ने, कसै–कसैलाई अचल सम्पत्ति वृद्धि हुने, आस्तिक विचार पलाउने, प्रेमप्रसड्डले गन्तव्य पाउने, विवादित समस्याको टुंगो लाग्ने, बैंक ब्यालेन्स बढ्नेछ । पुस लागेपछि प्रतिकूल परिस्थितिसँग जुझ्नुपर्ला, कार्य अवरोध, आत्म–सम्मानमा चोट पुग्ने, विवाद बढ्ने, आर्थिक नोक्सानी हुनेछ ।
कुम्भ महिना उपलब्धिमूलक छ । आरोग्य लाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, साहस–पुरुषार्थ बढ्ने, लेनदेनसम्बन्धी कारोबार सफल हुने, एकमुष्ट रकम सड्ढलन हुनेछ । राजकाज, न्याय, सम्पादन आदि क्षेत्रमा सफलता मिल्ने, रोजगार प्राप्तिका लागि गरेको प्रयास सफल हुने, राजनीतिक कर्मीहरूलाई उच्च सफलता मिल्ने, सेवाक्षेत्रमा उच्च सफलता मिल्नेछ ।
मीन मंसिर पर्यन्त कामकाज एकातिर कुम्लो बोकी ठिमीतिरको स्थिति आउने, समस्यासँग जुझ्नुपर्ने, स्वास्थ्य उपचारमा खर्च हुने, नजदिकी व्यक्तिसँग मनमुटाव हुने, लगनशीलतामा कमी आउनेछ । पुस लागेपछि चौतर्फी सफलताको योग छ । राजनीतिक सक्रियता बढ्नेछ । प्रतिस्पर्धामा विजयश्री मिल्ने, व्यापारबाट आशातीत धनलाभ मिल्ने, प्रेमप्रसड्ड गाँसिनेछ ।

0 Response to "मंसिर १५ देखि पुस १४ गतेसम्मको राशिफल - ज्यो. रामानन्द शर्मा"

  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • मंसिर १५ देखि पुस १४ गतेसम्मको राशिफल - ज्यो. रामानन्द शर्माको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code